खैरहनी नगर प्याव्सनको अध्यक्षमा अधिकारी पुन: चयन

0
480

चितवन,भदौ २६- खैरहनी नगर प्याव्सनको नेतृत्वमा पुनः टेकराज अधिकारी चयन भएका छन।खैरहनी नगर प्याव्सनको अध्यक्षमा अधिकारी पुन: चयन 1खैरहनी प्याव्सनको आज भएको तेस्रो साधारणसभा तथा दोस्रो नगर अधिवेसनबाट फेरि पनि अधिकारी नै अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन।खैरहनी नगर प्याव्सनको अध्यक्षमा अधिकारी पुन: चयन 2खैरहनी नगर प्याव्सनको संस्थापक अध्यक्ष समेत रहेका अधिकारीलाई फेरि पनि अध्यक्षको जिम्मेवारी दिइएको हो । अधिकारी पुर्वी चितवनको उत्कृष्ट शैक्षिक संस्था ग्लो साईन एकेडेमिका प्राचार्य हुन।

अधिवेसनबाट आगामी तिन बर्षको लागि अधिकारीको नेतृत्वमा ७ सदस्यीय कार्यसमिती समेत गठन भएको छ ।

कार्यसमितीको सचिवमा धनविर चौधरी , कोषाध्यक्षमा विपना ढकाल, सदस्यहरुमा राजु चौधरी , कमल पौडेल , हिरा रिमाल र ढलक कुमार लामा चयन भएको नगर प्याव्सनका सल्लाहकार तथा निर्वाचन अधिकृत खडानन्द (के.एन) सिलवालले जानकारी दिए ।

अधिवेशनबाट पुन: निर्वाचित अध्यक्ष टेकराज अधिकारीले अभिभावकको माग र चाहना बढ्दै गएकोले विद्यालयहरुले गुणस्तरिय शिक्षामा बिशेष ध्यान दिनुपर्ने बताए ।

खैरहनी नगर प्याव्सनका सल्लाहकार आइ पि लामिछानेको प्रमुख आतिथ्यता भएको साधारणसभामा विपना ढकाल ,प्याव्सन चितवनका जिल्ला सदस्य आर सि लामिछाने , खैरहनी प्याव्सनका सल्लाहकार के एन सिलवाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी आइ पी लामिछानेले शिक्षण पेशा संवेदनशिल पेशा भएकोले यसमा अर्थिक मुनाफा कम हुने तर सामाजिक जिम्मेवारी धेरै हुने बताउनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयहरु बिच गुणस्तरिय शिक्षा प्रदान गर्ने बिषयमा प्रतिस्पर्धा गर्नुपर्ने तर अस्वस्थ प्रतिस्पर्धा गर्न नहुनेमा जोड दिएका थिए ।

खैरहनी नगर प्याव्सनमा खैरहनी क्षेत्रका १७ वटा संस्थागत विद्यालय आवद्ध रहेका छन ।