रत्ननगर १० को कांग्रेस सभापतिमा कलाधर पौडेल पुनः सर्वसम्मत चयन

0
428

चितवन,भदौ २१- नेपाली कांग्रेस रत्ननगर  नगरपालिका वडा नम्वर १० को सभापतिमा कलाधर पौडेल (नारायण) पुनः सर्वसम्मत चयन भएका छन् ।
रत्ननगर १० को कांग्रेस सभापतिमा कलाधर पौडेल पुनः सर्वसम्मत चयन 1नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत  सोमबार सम्पन्न वडा स्तरिय भेला मार्फत रत्ननगर वडा नं १० को सभापतिमा कलाधर पौडेल (नारायण) पुनः सर्वसम्मत रुपमा दोस्रो कार्यकालको लागि चयन भएका हुन् ।

उनि संगै सबै कार्य समिति नै निर्विरोध निर्वाचित भएको छ । जस अनुसार उप—सभापतिमा रबिन्द्र शर्मा चालिसे र किसन प्रसाद पौडेल (दिनेश), सचिवमा जागेश्वर चालिसे र बेद पाण्डे, सह—सचिवमा मायानाथ बराल र शंकर पुरी रहेका छन् ।