सन्तोष बस्ताकोटी
रत्ननगर ,साउन २१ – चितवनको रत्ननगर नगरपालिकाले बहुउद्देश्यीय भवन निर्माण सुरु गरेको छ ।
नगरपालिकाले सपिङ कम्प्लेक्स सञ्चालन गर्ने गरी पुर्व-पश्चिम राजामार्ग अन्तर्गतको टाँडी बजारमा भवन निर्माणको काम सुरु गरेको हो।उक्त क्षेत्रमा व्यवसायिक भवनसंगै सार्वजनिक शौचालन समेत निर्माण हुने छ ।रत्ननगर नगरपालिकाका मेयर नारायण वनले शिलान्यास गरे सँगै भवन निर्माणको काम सुरु भएको इन्जिनियर नमेश गुरुङले बताउनुभयो ।भवनको शिलान्यास गर्दै मेयर नारायण वनले एक जना व्यवसायीले भोगचलन गर्दै आएको जग्गा फिर्ता ल्याएर व्यवसायिक भवन निर्माण सुरु गरेको बताउनुभयो ।
रत्ननगर नगरपालिकाको ३९ लाख २३ हजारको लगानीमा शौचालय सहितको व्यवसायिक भवन निर्माण हुने पूर्वाधार समितिका संयोजक हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार सो भवनलाई पूर्णता दिन चालु आर्थिक बर्षमा पनि ३० लाख रुपैया विनियोजन गरिएको छ।वडा नं २ का वडाध्यक्ष तिलकराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला दुवाडी,वडा नं ७ का वडाध्यक्ष राजन भट्ट,रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरी,टाँडी टोल विकास संस्थाका अध्यक्ष रामेश्वर भट्टराई,कार्यपालिका सदस्य राजेन्द्र हमाल लगायतले मन्तव्य राखेका थिए ।