रोटरी क्लव अफ रत्ननगरमा पद हस्तान्तरण

0
440

रत्ननगर,साउन १६- रोटरी क्लव अफ रत्ननगरको पद हस्तान्तरण कार्यक्रम शनिवार गरिएको छ ।रोटरी क्लव अफ रत्ननगरमा पद हस्तान्तरण 1 सन २०२०/२०२१ का अध्यक्ष शिवराज उप्रेतीले सन २०२१/२०२२ का अध्यक्ष निराजन खनाललाई पद हस्तान्तरण गरेका थिए ।रोटरी क्लव अफ रत्ननगरमा पद हस्तान्तरण 2 जोन ३० का असिष्टेन गर्भनर नारायण प्रधान प्रमुख अतिथि रहेको सो कार्यक्रममा बैठक तथा कार्यक्रममा सबै भन्दा बढी सहभागी भएका पूर्व अध्यक्ष जनकराज पौडेल,उत्कृष्ट रोटरियन पूर्व अध्यक्ष विजयराज न्यौपाने,अध्यक्षको अवार्ड संस्थापक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा रोटरी पूर्वी चितवनका संस्थापक अध्यक्ष राममणि न्यौपाने र रोट्याक्ट पूर्वी चितवनका संस्थापक अध्यक्ष पुजन लामिछानेलाई कदरपत्र प्रदान गरिएको थियो ।रोटरी क्लव अफ रत्ननगरमा पद हस्तान्तरण 3 कार्यक्रममा अध्यक्ष खनालले पूर्व अध्यक्षहरुले गरिरहेका कामलाई उच्च प्राथमिकता दिँदै दिनदुखीहरुको सहयोगमा काम गर्ने,लटौलीमा रहेको विद्यालयमा खाजा कार्यक्रमलाई निरन्तर दिने,विद्यालयमा कम्पाउण्ड निर्माण गर्ने,लटौलीलाई नमुना भिलेजको रुपमा विकास गर्ने,रोटरी मुसहर भिलेजलाई पूर्णता दिने,रोटरी आइक्रोफाइनान्सलाई प्राथमिकताका साथ अगाढि बढाउने प्रतिबद्धता जनाएका छन् ।

रोटरी माइक्रोफाइनान्सको लागि क्लवबाट एक लाख र लण्डन क्लवबाट एक लाख गरी दुई लाख रुपैया जम्मा गरिएको छ। कार्यक्रममा रोटरीले प्रकासन गर्दै आएको बार्षिक बुलेटिन समेत विमोचन गरिएको थियो ।

ह्याचरी उद्योग संघ प्रदेश समितिका अध्यक्ष ज्ञानबहादुर विसुराल,हिमालयन बैंक टाँडी शाखाका प्रबन्धक विवेकसिंह थापा,रोटरी क्लव अफ रत्ननगरका संस्थापक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।