भरतपुरमा एक पुरुषको शव फेला, घटनास्थल नजिक गोलीको खोका भेटियो

0
345

चितवन, साउन ३-

चितवनमा एक पुरुषको शव फेला परेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १७ वडा सिमलटाडा नजिक नहरमा लास भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एबम प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए ।

टाउकोमा गोली लागेको जस्तो देखिएको उनले बताए । घटनास्थलमा १ थान गोलीको खोका भेटिएको उनको भनाइ छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले बताए ।