चितवन, असार २३-
पूर्वी चितवनको राप्तीमा जारी कर्फ्यु भोली साँझ सम्मका लागी थपिएको छ ।
सुजिता मृत भेटिएपछि घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै हिजो दिनभर राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा प्रदर्शन र झडप भएपछि प्रशासनले कर्फ्यु लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले भोलि साँझ ७ बजेसम्म कर्फ्युको समय थप गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार सो क्षेत्रको अवस्था सामान्य नभएकाले कर्फ्युको समय थप गरिएको हो ।
प्रशासनले बिहान तीन घण्टा अत्यावस्यक सामान खरिद गर्न भने पाइने जनाएको छ ।बिहान ५ देखि ८ बजेसम्म अत्यावश्यक सामान खरिदबिक्री गर्न पाइने प्रशासनले जनाएको छ ।
सुजितालाई न्यायको माग गर्दै आज पनि स्थानीयले खैरहनीमा टायरबालेर प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति: