सुजिता भण्डारी मृत्‍यु प्रकरणमा निष्पक्ष छानविन गर्न महिला संगठनहरुको माग(विज्ञप्ती सहित )

0
425

चितवन, असार २२– चितवनमा सक्रिय राजनीतिक दलका महिला संगठनहरुले सुजिता भण्डारी प्रकरणको निष्पक्ष छानविन गर्न माग गरेका छन् । बिभिन्न महिला संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्द निष्पक्ष छानविन, गहिरो र गम्भिर अनुसन्धान मार्फत दोषीलाई कानुनी कठघरामा उभ्याउन माग गरेका हुन् ।

नेपाल महिला संघ चितवनका अध्यक्ष पार्वती शाह ठकुरी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय समितिका अध्यक्ष अम्बिका मुडवरी र जिल्ला अध्यक्ष संगिता भट्टराई, अखिल नेपाल प्रगतीशिल महिला संघ केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष भगवती घिमिरे, अखिल नेपाल महिला संघ चितवन अध्यक्ष शुशिला लामिछाने, समाजवादी महिला संघ नेपाल चितवनका सचिव माया पोखरेल, अखिल नेपाल महिला संघ (राष्ट्रिय जनमोर्चा) चितवनका अध्यक्ष सीता आचार्यद्वारा जारी संयुक्त विज्ञप्तिमा यस्ता घटनामा राज्य जिम्मेवार नभए आन्दोलनमा उत्रने चेतावनीसमेत दिइएको छ ।सुजिता भण्डारी मृत्‍यु प्रकरणमा निष्पक्ष छानविन गर्न महिला संगठनहरुको माग(विज्ञप्ती सहित ) 1

नियन्त्रण र अपहरणमा परको सूचना स्वयमले दिएपछि पनि खोजअनुसन्धानले परिणाम हासिल गर्न नसकेको, मृत शरिर जंगलमा भेटिनुले गम्भीर आशंका र अनेक प्रश्नहरु उब्जिएको उल्लेख छ । महिलामाथि अनेक प्रवृतिका हिंसा र हत्या जस्ता घटना पटक पटक भइरहदा राज्य र सरकार जिम्मेवार नभएका कारण यस्ता घटना दोहोरिरहेको विज्ञप्तिमा भनिएको छ ।

सुजिताले न्याय नपाए सारा महिलामाथि अपमान हुने भन्दै उनीहरुले न्याय दिन राज्य चुक्न नहुने बताएका छन् । असार ११ गते हराएकी राप्ती नगरपालिका ३ की सुजिता भण्डारी शव २० गते आइतबार दिउँसो ब्रम्स्थानी सामुदायीक वनमा भेटिएको थियो ।