सुजिता हत्याको बिरोधमा स्थानिय द्वारा दिनभर सडक अवरुद्ध, स्थिती तनावग्रस्त् (तस्विरमा हेर्नुहोस्)

0
414

सन्तोष बस्ताकोटी ,चितवन,असार २१- चितवन स्थित राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको शव भेटिएपछि आज दिनभर राजमार्ग क्षेत्र तनावग्रस्त रह्यो।

हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे केही अनुसन्धान गर्न नसकेको भन्दै स्थानीयहरु प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराएका छन् ।सुजिता हत्याको बिरोधमा स्थानिय द्वारा दिनभर सडक अवरुद्ध, स्थिती तनावग्रस्त् (तस्विरमा हेर्नुहोस्) 1बिहान ९ बजेदेखि अवरुद्ध बनेको राजमार्ग अहिले सम्म पनि खुलेको छैन । जंगलमा मृत अवस्थामा फेला परेकी २३ वर्षीया सुजिता भण्डारीको शव उठाएर पोष्टमाटमका लागि प्रहरीले अस्पताल लैजाँदै गर्दा स्थानीयले शवलाई रोकेका हुन् ।

अहिले पनि राप्ति नगरपालिका ३ स्थित राजमार्ग क्षेत्र तनावग्रस्त रहेको छ । स्थानीयहरुले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेका छन् ।

स्थानीयहरुले राजमार्ग लामो समयसम्म अवरुद्ध गराएपछि चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने सो क्षेत्र पुगेका छन् । प्रजिअ लामिछाने, चितवन प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारी र राप्ती नगरपालिकाकी प्रमुख (मेयर) प्रभा बरालसहितको टोलीले अहिले स्थानीयसँग वार्ता भइरहेको छ ।

सुजिता असार ११ गतेदेखि हराइरहेकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन् ।

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । शव गलेको अवस्थामा फेला परेको छ।

स्थानीयहरुले सुजिताको हत्या भएको भन्दै हत्यारालाई छिटोभन्दा छिटो पत्ता लगाएर कारबाही गर्न माग गरेका छन् । यस्तै सुजिताको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सरकारले आर्थिक सहयोग गर्नुपर्र्ने पनि उनीहरुको माग छ ।

(तस्विर हेर्नुहोस् ।)सुजिता हत्याको बिरोधमा स्थानिय द्वारा दिनभर सडक अवरुद्ध, स्थिती तनावग्रस्त् (तस्विरमा हेर्नुहोस्) 2सुजिता हत्याको बिरोधमा स्थानिय द्वारा दिनभर सडक अवरुद्ध, स्थिती तनावग्रस्त् (तस्विरमा हेर्नुहोस्) 3सुजिता हत्याको बिरोधमा स्थानिय द्वारा दिनभर सडक अवरुद्ध, स्थिती तनावग्रस्त् (तस्विरमा हेर्नुहोस्) 4

सुजिता हत्याको बिरोधमा स्थानिय द्वारा दिनभर सडक अवरुद्ध, स्थिती तनावग्रस्त् (तस्विरमा हेर्नुहोस्) 5