काठमाडौं,असार २०- कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दैसाउदी अरबले छिमेकी मुलुकहरू संयुक्त अरब इमिरेट्स (यूएई), इथियोपिया र भियतनामका नागरिकहरूको प्रवेशमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ।
साउदी अरबको राज्य सञ्चालित संस्था एसपीएले सरकारी अधिकारीलाई उद्धृत गर्दै भनेको छ, साउदी अरबबाट विदेश जान चाहने आफ्ना नागरिकलाई भने आधिकारिक सरकारी निकायबाट अनुमति पाएपछि मात्र यी देशहरू भ्रमण गन पाउने बताइएको छ । नयाँ प्रतिबन्धहरू आइतवार रातिदेखि लागू हुनेछन् ।
विश्व स्वास्थ्य संगठनले मार्च ११, २०२० मा कोभिड–१९को महामारीको घोषणा गरेको थियो । त्यसपछि विश्वका धेरै देशले कोभिड–१९ नियन्त्रणका लागि भन्दै स्वदेशी तथा विदेशी आवागमनलाई कडा पारेका छन् ।
हालसम्म विश्वभरिका १८ करोड ३० लाख १० हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भइसकेका जोन्स हकिन्स विश्वविद्यालयले पुष्टि गरेको छ । यस क्रममा साउदी अरबमा अहिलेसम्म चार लाख ९० हजारभन्दा बढी मानिस कोभिड सङ्क्रमित भएका छन् भने सात हजार ८०० भन्दा बढीको कोभिड सङ्क्रमणपछि मृत्यु भएको छ ।
यो प्रतिबन्ध कार्गो उडान, व्यापारिक तथा चार्टर उडानहरूलाई बाध्यकारी नहुने बताइएको छ ।
प्रकाशित मिति: