रत्ननगर,असार १८-
रत्ननगर नगरपालिकाले विभिन्न १३ विधामा व्यक्ति तथा सामाजिक संघसंस्थाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
नवौं नगर सभामा सो नगरपालिकाले नगरको विकासमा योगदान दिएका व्यक्ति तथा संघसंस्थाहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा निर्माण समिति,व्यवसायी,सामाजिक संघसंस्था,पर्यटन व्यवसायी,किसान,कर्मचारी,पत्रकार,डाक्टर र जनप्रतिनिधि रहेका छन् ।
उत्कृष्ट उपभोक्ता समितिमा गायत्री हरिहर मन्दिर धर्मशाला निर्माण उपभोक्ता समिति,उत्कृष्ट निर्माण कम्पनी न्यू एस वि कन्स्ट्रक्सन प्रा.लि.,उत्कृष्ट करदाताको रुपमा एग्रोमिक्स फिड इन्ड्रस्टिज प्रा.लि.,सामाजिक संस्थाको रुपमा रोटरी क्लव अफ रत्ननगर,सपना भिलेज सोसल इम्प्याक्ट,शान्ति मेड नेपाल,उत्कृष्ट पर्यटन व्यवसायीमा गिरीधारी चौधरी,उत्कृष्ट पशुपालक किसानको रुपमा चेतना ढकाल,उत्कृष्ट किसान ज्ञानबहादुर केसी, उत्कृष्ट पत्रकारको रुपमा विपिन शर्मा आचार्य पुरस्कृत भएका छन् ।