कुशलतापुर्वक कार्यसम्पादन गरेको भन्दै रत्ननगर नगरपालिकाद्धारा डा.विश्वबन्धु बगाले सम्मानित

0
376

चितवन,असार १८-

बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगाले सम्मानित हुनु भएको छ ।

रत्ननगर नगरपालिकाद्वारा शुक्रबार आयोजित  नवौं नगरसभामा नगरपालिकाका प्रमुख नारायण वन र उपप्रमुख विमलाा दुवाडीले दोसल्ला, सम्मानपत्र सहित उहाँलाई सम्मानित गरिएको हो । कार्यक्रम अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट पदमा रही कुशलतापुर्वक कार्यसम्पादन गरेकोमा उहाँलाई सम्मानित गरिएको छ ।

नगरपालिकाले डा. बगालेलाई नगद २५ हजार सहित सम्मान गरिएको हो । डा. बगालेले अस्पतालको नेतृत्व गरेपछि धेरै सुधारका कामहरु भएका छन ।