कालिकाका द्वन्द्व प्रभावित वालवालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग

0
402

कालिका,असार १५-

कालिका नगरपालिकाको आर्थिक सहयोगमा सहीद स्मृति प्रतिष्ठान नेपालले नगर भित्रका द्वन्द्व प्रभावित परिवारका वालवालिकाहरुलाई मंगलवार शैक्षिक सामाग्री सहयोग गरेको छ ।कालिकाका द्वन्द्व प्रभावित वालवालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग 1द्वन्द्वबाट प्रभावित परिवारका ९५ जना वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको प्रतिष्ठानकी अध्यक्ष संगिता भट्टराईले जानकारी दिइन । वालवालिकालाई कापी,कलम र झोला वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा साँसद घनश्याम दाहाल,कालिकाका मेयर खुमनारायण श्रेष्ठले वालवालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए।कालिकाका द्वन्द्व प्रभावित वालवालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग 2कालिकाका द्वन्द्व प्रभावित वालवालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग 3सो अबसरमा साँसद दाहालले जनयुद्ध र जनआन्दोलनका कारण मुलुकका आमुल परिर्वत भएको भन्दै परिर्वतनको लागि योगदान गरेका व्यक्ति र तिनका परिवारलाई राज्यले बेवास्था गर्न नहुँने विचार व्यक्ति गरे । अहिले सम्म सोचे जति सहयोग भएको छैन उनले भने अब राज्य गम्भिर हुन जुरुरी छ । मुलुक परिर्वनको लागि योगदान गरेका व्यक्ति र तिनका परिवारलाई स्थानीय सरकारले सहयोग गर्ने भन्दै मेयर श्रेष्ठले पूर्व लडाकुहरुको शरीरमा अझै गोलीका छर्रा रहेको रहेकाले त्यसलाई निकाल्न नगरपालिकाले सहयोग गर्ने बताए ।
कालिकाका द्वन्द्व प्रभावित वालवालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग 4प्रतिष्ठानकी अध्यक्ष भट्टराईले विद्रोही तथा राज्य पक्ष जनसुकै भएपनि द्वन्द्वको पीडा उस्तै रहेको भन्दै दुबै पक्षका परिवारको आधारभूत आवश्यकताको लागि राज्यको सहयोग अनिवार्य रहेको बताइन । प्रतिष्ठानकी कोषाध्यक्ष तथा कार्यक्रम संयोजक सविता लामाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।