नगद २ लाख ३२ हजारसहित १३ जुवाडे पक्राउ

0
622

चितवन,असार १३- चितवनमा जुवा खेल्ने क्रममा १३ जना पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुर स्थित सुगम पियाको घरमा हार जित हुने गरी जुवा (तास) खेलीरहेको अबस्थामा नगद २ लाख ३२ हजार ६ सय ८० रुपैया सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्य बहादुर थापाका अनुसार हिजो राती २२:१० बजेको समयमा जुवातास खेलिरहेका बेला पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका २ का घर धनी सुगम पिया,सोही ठाउँका राजेन्द्र कसाई, रोशन खड्का, बिजय गुरुङ, सुर्य बोहरा, मनिज कुमार, बद्रि बोहरा, भरतरपुर ३ का बिनोद खड्की, भरतपुर ७ का राम बहादुर मगर, भरतपुर ११ का पदम तामाङ, रमेश प्रजापती,भरतरपुर १२ का आषिस गुरुङ र नवलपरासी गैडाकोट नगरपालिका ९ का नवराज क्षेत्री रहेका छन ।

अहिले उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको डिएसपी थापाले बताए ।