केन्द्रका महानिर्देशक एवं अनुगमन समितिका संयोजक वैकुण्ठ अर्यालको नेतृत्वमा शनिबार काठमाडौँको भोटाहिटी बजारमा अनुमगन गर्दा कतिपय पसलका पुस्तकमा मूल्य सूचीमा कालो पोतिएको, तोकिएभन्दा बढी मूल्य कायम गरेको, नेपालको पुरानै नक्साको तस्वीर प्रकाशन गरेको पाइएको छ ।
अनुगमन समितिका सदस्य एवं नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार अनुगमनलाई निरन्तरता दिई कारबाहीका लागि प्रतिवेदन तयार गरिनेछ।