काठमाडौँ,असार १२-
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७०४ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १७४ र ४ हजार ८०६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज कोरोन संक्रमणबाट ४ हजार ९१४ जना संक्रमणमुक्त भएका छन् । भने हालसम्म कोरोन संक्रमणबाट हुने कुल संख्या ५ लाख ८१ हजार ३२७ जना रहेको छ । योसँग कोरोना संक्रमणबाट मुक्त हुनेकाे दर ९१.९ प्रतिशत रहेको छ ।
आज कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ ।
यो सँगै कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ९७५ जना पुगेको छ ।
प्रकाशित मिति: