काठमाडौँ, असार ९ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा ढकालसहित कर फर्छ्योट आयोगका ३ जना पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको छ ।
उनका अनुसार कानुनविपरीत बदनियतपूर्वक १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ कर छुट दिएको आरोपमा कर फछर्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेशप्रसाद ढकाल र सदस्य शर्मामाथि भ्रष्टाचार मुद्दा लागेको हो ।
कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानी नोक्सानी पुर्याई बदनियतपूर्ण कार्य गरेको सप्रमाण पुष्टि हुन आएकोले महत, ढकाल र शर्मामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले उल्लेख गरेबमोजिम बिगो १ अर्ब ३३ लाख २० हजार ३८५ कायम गरी दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद गरी दफा ७ बमोजिम जरिवाना सजाय हुन मागदाबी गरिएको छ ।
प्रकाशित मिति: