चितवन, असार ७-
चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्य भएको छ ।
आज दिउँसो साँढे एक बजेको समयमा रत्ननगर नगरपालिका ५ मगरटोल बस्ने ३२ वर्षकी गिता अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नो घर नजिकै रहेको जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा निउरो टिप्न गएको बेला बाघले आक्रमण गर्दा अधिकारीको मृत्यु भएको हो ।
बाघको आक्रमणबाट मृत्यु भएकी अधिकारीको शव समयमा जंगलबाट ननिकालिएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् । स्थानीयले निकुञ्जको सौराह सेक्टर कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । उनीहरुले कुर्सीहरु बाहिर निकालेर आगजनी गरेका हुन् । केही समय सो क्षेत्र तनावग्रस्त बनेको थियो ।
अपराहन्न ४ बजे चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोषका कर्मचारीले बाघलाई डट गरेर नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।
यो आर्थिक वर्षमा चितवनमा ४ जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: