भरतपुरस्थित पार्वतीपुर सडक समयमा सम्पन्न हुन नसकेपछि स्थानीय द्वारा संघर्ष समिति गठन

0
349

चितवन, असार ६-

भरतपुर महानगरपालिका–२१ स्थित पार्वतीपुर सडक निर्माण समयमा सम्पन्न हुन नसकेपछि नागरिकले सास्ती पाएका छन्।

गत मंसिरमा नै निर्माण सम्पन्न हुनुपर्ने सडक अहिले सम्म पनि सम्पन्न हुन नसकेपछि स्थानीय नागरिक आन्दोलित भएका हुन् ।

मंसिर महिनामै सक्नुपर्ने सडकको आगामी पुससम्म समय थप गरेर निर्माणमा ढिलाइ गर्दा बर्षात्को पानीले सडकको कन्तबिजोग भएको छ । वडा १४ र वडा न २१ को सिमाना लाहुरे चोकदेखि पोखरीचोक, पार्वतीपुरको सडक दयनीय अवस्थामा छ । बर्षा  सुरु भइसक्दा पनि भरतपुर महानगरपालिका, वडा कार्यालय र राजनीतिक दलहरुको उदाशिनताका कारण स्थानीयबासीहरु चिन्तित भएको स्थानीयले बताएका छन् ।

पार्वतीपुर क्षेत्रका स्थानीयको आज सम्पन्न वृहत् भेलाले समयसिमा भित्र सडक निर्माण सम्पन्न गराउन नन्दलाल ढकालको सयोजकत्वमा सडक संघर्ष समिति निर्माण गरेको छ । जसका सदस्यहरुमा भोजराज दवाडी, लेखनाथ पोख्रेल, चोक नारायण श्रेष्ठ र धनराज गिरी पाँच जना सदस्य  रहेका छन् । भेलामा निर्माण कम्पनीका प्रतिनिधिको पनि उपस्थिति थियो । उनीहरुले अब तुरुन्त काम गर्ने बताएका छन् ।

यदि काममा ढिलाइ गरेमा थप कडाइ गर्ने र सधै खबरदारी गरिरहने संघर्ष समितिले जनाएको छ । स्थानीयहरुले स्तरीय निर्माणका साथ समयमा नै सक्ने गरी पारदर्शी ढंगबाट विकास निर्माण अगाडि बढ्नुपर्ने माग गरेका छन् । भ्रष्टचार बिरोधी एवम् बातावरण र विकासका अभियन्ताहरुले पनि बाटो निर्माण समय सही तरिकाले हुनुपर्ने भनी चासो देखाए पछि ठेकेदारलाई दबाब बढेको र काम अगाडि बढ्नेमा स्थानीयबासी आशाबादी देखिएका छन् ।