चितवनमा पहिलो पटक अत्याधुनिक आपतकालीन आवास सञ्चालनमा

0
343

चितवन, असार ३- चितवनमा पहिलो पटक अत्याधुनिक आपतकालीन आवास (ईमरजेन्सी सेल्टर ) सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरको अथक प्रयासमा बाढी प्रभावित क्षेत्रको रुपमा परिचित नारायणी र राप्ती नदी आसपास क्षेत्रलाई समेट्ने गरि साझापुरमा आपतकालीन सेल्टर निर्माण गरी प्रयोगमा ल्याएको हो ।

बाढी तथा अन्य विभिन्न विपद् व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले चितवन जिल्ला कै पहिलो ईमरजेन्सी सेल्टर पश्चिम चितवनको भरतपुर २८ साझापुरमा सञ्चालन गरिएको हो ।

शिलन्यास भएको १८ महिनामा नै भवनको निर्माण सम्पन्न गरिएको महानगरले जनाएको छ । एक करोड ७२ लाख रुपैयाँ भ्याटबाहेकको रकममा निर्माण सम्पन्न २ तले भवनको पहिलो तलमा ठुलो हल र माथिल्लो तलमा अतिआवश्यक सामग्री स्टोर गर्ने कोठा र अफिस कोठा रहेको सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले जानकारी दिए । ६ कठ्ठा ५ घुर जमिनमा २ सय २० वर्गमिटर क्षेत्रफल आगटेको भवनमा अत्याधुनिक अलग अलग महिला र पुरुष शौचालय समेत रहेको छ । भवनको एक औपचारिक कार्यक्रमका विच भरतपुर महानगरकी मेयर रेनु दाहालले उद्धघाटन गरिन्  ।चितवनमा पहिलो पटक अत्याधुनिक आपतकालीन आवास सञ्चालनमा 1

सघन शहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरसँग समन्वय गरेर निर्माण गरेको भवन मेयर रेनु दाहाल र उपमेयर पार्वती शाहलाई आयोजनाका प्रमुख ई प्रंकाश अर्यालले हस्तान्तरण गरेसगैँ उद्धघाटन भएको हो ।

भवनमा विपदको समय उद्धार गरि ल्याइएका पीडितहरुलाई राखिनुका साथै विपदको समय आवश्यक सामग्रीहरु स्टोर गर्ने व्यवस्था समेत रहेको मेयर दाहालले बताइन् ।  भवनमा एक पटकमा २ सय जनालाई राख्न सक्ने क्षमतामा रहेको सो भवन उद्धघाटन गर्दै दाहालले आफुलाई उत्साह जागेको बताईन । उनले सदैव स्थानिय सरकार भरतपुर महानगर गरिब विपन्न जनताको हितमा काम गर्दै आएको बताईन ।मेयर दाहालले अतिआवश्यक सामग्री स्टोर गर्ने देखि ज्यान जोगाउन नै सेल्टरले अति महत्वपुर्ण भूमिका खेल्ने समेत बताईन ।चितवनमा पहिलो पटक अत्याधुनिक आपतकालीन आवास सञ्चालनमा 2

भवन निर्माणले गर्दा अबका दिनमा जुनसुकै प्राकृतिक विपत्ती आउदा अन्यत्र वा विद्यालयमा राख्नुपर्ने बाध्यता हटेकोमा स्थानिय श्याम अधिकारी ले खुसि ब्यक्त गरे । महानगरसगैँ जिल्लाकै सबै प्रभावित ठाँउमा यस्तै सेल्टर बनाएर जनतालाई सुरक्षित अनुभुति गराउन उनले माग पनि गरे ।