काठमाडौं, असार ३-
पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७११ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ७६८ र ४ हजार ७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय ३९ जना गरी कुल २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै,आज कोरोना संक्रमणबाट ३९ जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ५९७ पुगेको छ ।
आज कोरोना संक्रमणबाट २ हजार १४१ जना संक्रमणमुक्त भएका छन् । भने हालसम्म कोरोन संक्रमणबाट मुक्त हुने कुल संख्या ५ लाख ४५ हजार ६६२ जना रहेको छ ।
प्रकाशित मिति: