विश्व टेस्ट च्याम्पियनसिपको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने

0
483

एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने भएका छन् । आईसीसीले टेस्ट च्याम्पियनसिपको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने घोषणा गरेको हो । यस्तै उपविजेताले ८ लाख अमेरिकी डलर पाउने आइसीसीले जनाएको छ ।

आईसीसीका अनुसार पुरस्कार राशि २४ लाख अमेरिकी डलर व्यवस्था गरेर विजेता र उपविजेताका लागि पुरस्कार रकम तोकेको हो । टेस्ट च्याम्पियनसिपको फाइनलमा भारत र न्युजिल्याण्ड भिड्ने छन् । इंग्ल्यान्डको साउथह्याम्पटनमा टेस्ट च्याम्पियनसिपको फाइनल जुन १८ देखि २२ सम्म हुने तालिका छ ।

टेष्ट बरियतामा न्युजिल्यान्ड पहिलो र भारत दोस्रो स्थानमा छन् ।