युवा व्यवसायी खनालद्वारा गैडेआहलमा १५ परिवारलाई १ महिना पुग्ने खाघान्न वितरण

0
338

चितवन,जेठ २९- युवा व्यवसायी तथा समाजसेवी पुरू खनालले सामाजिक कार्यलाई तीव्र पारेका छन्। पाेल्टी व्यवसायमा अब्बल रहेका खनालले आज फेरि पुर्वी चितवनकाे खैरहनी ४ स्थित गैडेआहलका विपन्न १५ घर परिवारलाई राहत वितरण गर्नुभएकाे छ । व्यवसायसगै सामाजिक अभियान्ताका रूपमा समेत आफुलाई अग्रसर बनाईरहनुभएका खनाल यहाँका विपन्नलाई १ महिनाका लागि पुग्ने गरि चामल,दाल, नुन र तेलसहित प्याकेज राहत वितरण गरेकाे हुन् । हामी व्यवसायी हाैं, व्यवसाय मात्र हाेईन् सामाजिक कार्य र हाम्रो उत्तरदायित्व प्रती म सजक छु उहाँले भन्नुभयाे, लकडाउनले सबै मारमा पर्नुभएकाे छ, हामी सक्ने नसक्नेलाई सहयाेग गर्ने हाे । छ र त दिनसकेकाे हुं । उघाेग वाणिज्य संघ रत्ननगरका उघाेग तर्फका उपाध्यक्ष समेत रहेका खनाल नेपाल ह्ययाचरी उघाेग संघका सहसचिव समेत रहेका छन् । विगतमा समेत पुरू खनालले आफ्नाे सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न दिन दुःखी र गरिबलाई सहयाेग गर्दै आएका छन् । याे राहत वितरण अभियानसगै खनाल लकडाउन र काेराेना भईरसका कारण समस्यामा परेका अन्यलाई समेत सहयाेग गर्ने उद्वघाेष गरेका छन् । उहाँले आज याे सहयाेग खैरहनी हेल्प डेक्स मार्फत विपन्न समुदायकाे घरमा नै पुगेर सहयाेग गरेका छन् । कार्यक्रम खैरहनी हेल्प डेक्सका अभियान्ता एवंम् गेट एफएमका अध्यक्ष रामेश्वर रिजाल, पत्रकार महासंघ चितवनका काेषाध्यक्ष राजेन्द्र आचार्य, अभियान्ता सानू केसी, पुर्ण बाेहरा, शान्तामाणि नहरकी, रामजि कुवंर लगायतकाे सहभागीता थियाे। यसअघि मात्र खनालले चितवनका पत्रकारलाई प्रेस संगठन नेपाल चितवन शाखा मार्फत ५ हजार थान माक्स र १ सय थान सेनिटाईजर सहयाेग गरेका थिए।