काठमाडौं, जेठ २६ –
पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनामा पीसीआर परीक्षणमा गर्दा ३ हजार ४४९ र एन्टिजेन विधिबाट ४ हजार ५६८ जना परीक्षण गर्दा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यो सँगै नेपालमा जम्मा ४ हजार ३४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै,आज कोरोना संक्रमणबाट ८१ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ९०९ पुगेको छ ।आज कोरोना संक्रमणबाट मुक्त हुनेकाे संख्या ५ हजार ७६८ जना रहेकाे छ।
प्रकाशित मिति: