काठमाडौं, जेठ २५- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादीलाई समेटेर मन्त्रीमण्डल विस्तार गर्ने भएका छन्।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ६ वटा मन्त्रालयलाई टुक्र्याएर १० वटा बनाउने निर्णय गरेको हो।
प्रदेश सरकारको पूर्वयोजना अनुसारै मंत्रालय टुक्र्याइएको प्रदेश दुईका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए।
मन्त्रालय स्रोतका अनुसार मुख्यमन्त्री राउतले सरकारबाट केही मन्त्रीहरूलाई बर्खास्त गरेपछि मन्त्रालयहरू फुटाउनेबारे छलफल भएको हो।
स्रोतका अनुसार भौतिक मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग तथा पर्यटन र आर्थिक मामिला तथा कानुन मन्त्रालयलाई टुक्र्याएर दुई-दुई वटा बनाइएको छ।
यीमध्ये भौतिकबाट टुक्र्याइएका दुबै मन्त्रालय र अर्को एक रोजाइ अनुसारको मन्त्रालय नेपाली कांग्रेसलाई दिइने छ भने अर्को एउटा मन्त्रालय माओवादी केन्द्रलाई दिइने छ।
बाँकी दुई वटा मन्त्रालय राउत आफैंले राख्नेछन् र त्यही अनुसार बुधबार मन्त्रिपरिषद पुनर्गठन गरिने मुख्यमन्त्री राउतनिकट स्रोतको भनाइ छ।
प्रकाशित मिति: