खैरहनि, जेठ १९ – नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले मनोमानी ढंगबाट खैरहनि नगरको तदर्थ समिति चयन गरेको भन्दै खैरहनी नगरभित्रका स्काउटहरुले नगर प्रमुख समक्ष ध्यानाकर्षण गराएका छन। खैरहनी नगर भित्रका सक्रिय तालिम प्राप्त स्काउटहरुलाई पूरै बेवास्ता गर्दै राष्ट्रिय प्रधान कार्यालयले गैह्र स्काउटको टिमलाई संयोजकको नेतृत्वमा विधान विपरीत कथित तदर्थ समिति बनाएको स्काउटर रोशन खत्रीले जानकारी दिए ।आज(शुक्रबार) खैरहनी नगरका स्काउट शिक्षक रोशन खत्रीको नेतृत्वमा गएको स्काउट टोलीले सो गलत गतिविधिको जानकारी गराउँदै विधि विपरीत स्थानीय तहको अधिकारमाथि केन्द्रीय हस्तक्षेप मान्य नहुने भन्दै नगर प्रमुख लालमणी चौधरीलाई ध्यानाकर्षण स्वरुप ज्ञापन पत्र हस्तान्तरण गरेको छ।
तालिम प्राप्त स्काउटरहरुलाई अपमान गर्ने गरि,ओझेलमा पार्ने काम ऐन नियम विपरीत गरिएका सम्पुर्ण कार्यहरुको खारेजिको माग गर्दै आगामी दिनमा खैरहनि नगरपालिकाले समन्वयकारी भुमिका खेल्नेछ भन्ने विश्वास लिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।कार्यक्रममा नगर प्रमुख चौधरीको संरक्षकत्व रहने गरी स्काउटर रोशन खत्रीको संयोजकत्वमा १३ सदस्यिय समानान्तर कमिटी समेत निर्माण गरिएको छ।
राजनैतीक आडमा स्काउटको मर्मविपरीत गलत सोच र विचारले हुने यस्ता गैह्र स्काउटिङ गतिविधिले स्काउट संरचनालाई पूर्ण रुपमा ध्वस्त बनाउने हुँदा यस्ता दुराशयपूर्ण सोचले लाद्न खोजिएको निर्णय मान्न स्थानीय स्काउटरहरु बाध्य नहुने स्काउटर कृष्ण दुवाडिले बताए ।
सो कार्यक्रम कोरोना कहरका बीचमै भौतिक रुपमा खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीको उपस्थितिमा स्काउटर रोशन खत्रीले नेपाल स्काउटमा विधमान सम्पूर्ण सृजित परिस्थितिको जानकारी गराउँदै ध्यानाकर्षण पत्र पढेर सुनाएका थिए।
खैरहनि नगरका ४५ जना स्काउटरको उपस्थिति रहेको उक्त कार्यक्रममा ध्यानाकर्षण पत्र बुझ्दै मेयर चौधरीले विधिभन्दा बाहिर गएर गरिएको निर्णय नगरपालिकालाई पनि मान्य नहुने भन्दै आवश्यक छलफल गरी निर्णय लिने बताए ।
प्रकाशित मिति: