सन्तोष बस्ताकोटी ,तनहुँ,जेठ २० – कोरोना कहरको समयमा समेत तनहुँको देवघाटमा नदीजन्य पदार्थको अवैद्य रुपमा उत्खनन् भएको भन्दै स्थानीयले विरोध गरेका छन् । धार्मिक तथा सांस्कृतीक स्थलको रुपमा रहेको देवघाटको नदीमा अवैधानीक उत्खन भएको भन्दै विहिवार गाउँपालिकामा स्थानीय युवाहरुले विरोध गरेका हुन् ।
देवघाट गाउँपालिकाको कालिभतेरी, सेतीभतेरी र भुवानीटारघाट बाट नदीजन्य पदार्थ उत्खनन् हुने गरेको छ ।
गाउँपालिकामा भएको उत्खन वैधानीक भएमा कागज पत्र सहिज प्रमाण हेर्न आएका हौँ, स्थानीय गणेश बहादुर थापाले भने– “नेपालकै एकमात्र नदी कालिगण्डकी जहाँ शालिकग्रम पाईन्छ, बहुमुल्य धातुहरु भेटिन्छ प्रकृतीको ख्यालनै नगरी गरीएको दोहनको रोकन आएका हौँ । दिनै भरी गाउँपालिकामा धेरै सख्यामा युवाहरु रहेको भएपनि उनीहरुको माग भने सम्बोधन भएन । ठेक्दारले भनेको भन्दा बढि उत्खनन् गर्दा पनि अनुगम भएको छैन् ।े गाउँपालिकामा पहिल्यनै यसको जानकारी गराएको भएपनि वेवास्ता हुदै आएको छ ।” थापाले भने –”जनप्रतिनिधिहरुले यो विसयमा चासो नदिएमा हामी गाउँपालिकामा ताला लगाउन बाध्य बन्नेछौँ ।”
यस विचमा देवघाट गाउँपलिकामामा मापदण्ड विपरीत ग्रावेल उत्खनन भएको समाचार संकलन क्रममा गएका संचारकर्मी विकास ढकाल माथि समेत ठेक्दारले दुव्र्यवहार गर्दै भौतीक रुपमा आक्रमण गर्ने धम्की दिएको थियो ।
ईलाका प्रहरी कार्यालय देवघाट तनहुँका ईन्चार्ज सुशील लामिछाने कै अगाडि धम्कीदिएका ठेक्दारहरुले हातहाल्ने प्रयास समेत गरेका थिए । उक्त घट्ना पछि कालिभतेरी नदी किनारबाट तीनवटा स्काइवेटर नियन्त्रण लिएर देवघाट गाउँपालिको जिम्मा लगाएको थियो । तर उपाध्यक्षले पाँच मिनेटमै पुनः स्काइवेटर ठेक्दारलाई बुझाएपछि यो विषयमा स्थानीको चासो बढेको हो । कार्यविधिमा स्काइवेटर प्रयोग गरेर नदी उत्खनन गर्न पाईदैन ।
गतवर्ष कोरोनाका कारण राज्वश्व तिरेको भएपनि नदिजन्य पदार्थ निकाल्न नपाएकाले उक्त समयको सम्झौता अनुसारको नदीजन्य पर्दाथ दिदा अहिले धेरै देखिएकोले यो समस्या भएको उपाध्यक्ष बताउछिन् । जेष्ठ २ गते सम्झौता भएको र यो मसान्त सम्म सम्झौता अनुसारको नदीजन्य पदार्थ झिक्ने समय रहेकाले छिटो होस् भनेर गाउँपालिकालेनै निर्णय गरेर सानो जेसिभिको प्रयोग गर्ने अधिकार दिएको छ । अनुगमनको क्रममा राम्रै भेटेको बताउने उपप्रमुख थापाले प्रश्न उठेपछि बुधावार देखि उत्खनको काम बन्द गरीएको बताईन् । बगेर जाने चिज हो, हाम्रो गाउँपालिकाको अन्य स्रोत छैन् । राजश्वको आम्दानीको मुख्य स्रोत पनि यही हो । उपाध्यक्षले भनिन् – धेरै संख्यामा मेसीन हरु राखेर उत्खनन् भयो होला तर हामीले अनुगमन गरीरहेका छौँ । बाँकी कुरा भने छिटै गाउँपालिकाले विज्ञप्ती मार्फत बताउने उनले बताएकी छिन् ।
प्रकाशित मिति: