नेपालमा पछिल्लो २४ घण्टामा थप ६,८२५ जनामा कोरोना संक्रमण पुष्टि, ७५ जनाको मृत्यु

0
322

काठमाडौं, जेठ १९ –

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ५३१ पीसीआर परीक्षणमा ५८२५ र ३ हजार २११ एन्टिजेन परीक्षणमा एक हजार गरी ६,८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु भएको छ । भने आज कोरोना संक्रमणबाटमुक्त हुनेको संख्या  ५९०४ रहेको छ ।

देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ जना रहेको छ । यस्तै मृतकको कुल संख्या ७ हजार ६३० पुगेको छ ।

हाल देशभर कोरोनाको सक्रिय संक्रमित १ लाख १ हजार ८३९ जना रहेको छ

योसँगै नेपालमा संक्रमणबाटमुक्त हुनेको दर ८१ प्रतिशत पुगेको छ ।