प्रेस युनियन रामधुनी संयोजकमा बिनोद आचार्य नियुक्त

0
332

सुनसरी,जेठ १९- नेपाल प्रेस युनियन सुनसरी जिल्ला कार्य समितिले मंगलवार बसेको भर्चुअल बैठकले रामधुनी संयोजकमा बिनोद आचार्य नियुक्त गरेको छ ।

युनियनका जिल्ला सभापति पवन अधिकारीका अनुसार रामधुनी संयोजक बिनोद आचार्य सहिद जिल्लामा रिक्त रहेका पदहरुमा महिला उपाध्यक्षमा मेनुका पाण्डे बस्नेत, सचिवमा विवेक भट्टराईलाई नियुक्त गरिएको छ। त्यसैगरि, युनियन इटहरी संयोजकमा विनय बाह्रकोटी, सह–संयोजकमा खेमराज सापकोटालाई नियुक्त गरिएको छ।

इटहरी संयोजक ध्रुब ढकाल पत्रकार महासंघको सचिवमा निर्वाचित भएसँगै खाली रहेको रिक्त पदमा बाह्रकोटीलाई नियुक्त गरिएको हो। पत्रकार महासंघका प्रदेश १ अध्यक्ष एवम् प्रेस युनियनका प्रदेश संयोजक लीलाबल्लव घिमिरे, पत्रकार महासंघका केन्द्रीय सदस्य भीषण राई, प्रेस युनियनका केन्द्रीय सदस्य हेमराज दाहाललगायत कार्यसमितिका पदाधिकारीहरुको उपस्थितिबाट उक्त निर्णय गरिएको युनियनका जिल्ला उपाध्यक्ष संजिव वाग्लेले जानकारी दिए।