चितवन, जेठ १९–
भरतपुर अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित बिरामीलाई मातृभूमि चितवनले पौष्टिक आहार सहयोग गरेको छ। बुधबार अस्पतालमा पुगेर मातृभूमिले १२० जनालाई पुग्ने पौष्टिक आहार वितरण गरेको हो ।
मातृभूमि चितवनका संयोजक सरोज घिमिरेले बिरामीलाई हौसला प्रदान गर्नका लागि पौष्टिक आहार वितरण गरिएको बताए।
उनले आगामी दिनमा यस्तै सहयोग जारी राख्ने बताए ।यस संस्थाले प्रहरीलाई मास्कका साथै अक्सिमिटर, थर्मोमिटरलगायतका स्वास्थ्य उपकरण वितरण गरिसकेको छ भने भरतपुर अस्पताललाई पनि स्वास्थ्य उपकरण सहयोग गरेको थियो ।
प्रकाशित मिति: