स्काउटको तदर्थ समिति अवैधानिक भएको भन्दै स्काउटहरु द्वारा भण्डाफोर अभियान सुरू

0
708

रत्ननगर, जेठ १९ – नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले मनोमानी ढंगबाट कालिका नगरको तदर्थ समिति चयन गरेको भन्दै कालिका नगरभित्रका स्काउटहरुले भण्डाफोर अभियान सुरू गरेका छन् ।

कालिका नगरभित्रका २९ जना स्काउटरहरुको भेलाले नगरभित्र सक्रिय तालिम प्राप्त स्काउटहरुलाई पूरै बेवास्ता गर्दै राष्ट्रिय प्रधान कार्यालयले गैह्र स्काउटको टिमलाई संयोजकको नेतृत्वमा विधानविपरीत कथित तदर्थ समिति बनाएको सहायक राष्ट्रिय प्रशिक्षक स्काउटर दिनेश पाण्डेले जानकारी दिए ।स्काउटको तदर्थ समिति अवैधानिक भएको भन्दै स्काउटहरु द्वारा भण्डाफोर अभियान सुरू 1

बुधबारै कालिका नगरका स्काउट आयुक्त चित्रबहादुर रायमाझीको नेतृत्वमा गएको स्काउट टोलीले सो गलत गतिविधिको जानकारी गराउँदै विधिविपरीत स्थानीयको अधिकारमाथि केन्द्रीय हस्तक्षेप मान्य नहुने भन्दै नगर प्रमुख खुमनारायण श्रेष्ठलाई ध्यानाकर्षण पत्र पनि हस्तान्तरण गरेको छ ।

सत्ता पक्षीय राजनीतिको आडमा स्काउटको मर्मविपरीत गलत सोच र विचारले हुने यस्ता गैह्र स्काउटिङ गतिविधिले स्काउट संरचनालाई पूर्ण रुपमा ध्वस्त बनाउने हुँदा यस्ता दुराशयपूर्ण सोचले लाद्न खोजिएको निर्णय मान्न स्थानीय स्काउटरहरु बाध्य नहुने स्काउटर साजन थापा मगरले बताए ।

सो कार्यक्रम कोरोना कहरका बीचमै भौतिकरुपमा कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठको उपस्थितिमा सहायक राष्ट्रिय प्रशिक्षक नवीन दुवाडीले सम्पूर्ण सृजित परिस्थितिको जानकारी गराउँदै ध्यानाकर्षण पत्र पढेर सुनाएका थिए ।स्काउटको तदर्थ समिति अवैधानिक भएको भन्दै स्काउटहरु द्वारा भण्डाफोर अभियान सुरू 2

स्काउटर तथा कालिका नगरपालिका वडा नं १ का अध्यक्ष लीलाबहादुर गुरूङ, दुर्गा केसी रायमाझीसमेतको उपस्थिति रहेको कार्यक्रममा ध्यानाकर्षण पत्र बुझ्दै मेयर श्रेठले विधिभन्दा बाहिर गएर गरिएको निर्णय नगरपालिकालाई पनि मान्य नहुने भन्दै आवश्यक छलफल गरी निर्णय लिने बताए ।