मलेसियामा आजदेखि दुई हप्ताका लागि लकडाउन घोषणा

दूतावास पनि अत्यावश्यक काममा लागि मात्र खुल्ने

0
325

काठमाण्डौ, जेठ १८- मलेसियामा आजदेखि दुई हप्ताका लागि लकडाउन घोषणा भएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि मलेसिया सरकारले फेरि देश व्यापी लकडाउन जारी गरेको हो ।

आज अर्थात् जुन १ देखि दुई हप्ताका लागि मलेसिया सरकारले लकडाउन घोषणा गरेको हो । यो अवधिमा अत्यावश्यक बाहेक सम्पूर्ण सामाजिक र आर्थिक गतिविधि बन्द रहनेछ ।

मलेसिया सरकारले निषेधाज्ञा लागू गरेसँगै मलेसियामा रहेको नेपाली दूतावासले पनि अत्यावश्यक र कन्सुलर सेवाका लागि स्थानीय समय अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र कार्यालय खोल्ने जनाएको छ ।

यो अवधिभर सुरक्षित रही मलेसिया सरकारले जारी गरेको नियमको पालना गर्न दूतावासले अनुरोध गरेको छ ।

साथै, मलेसिया नेपाल हवाई उडान खोल्नसमेत दूतावासले सरकारसँग अनुरोध गरेको छ ।