बकुलहर रत्ननगर अस्पताललाई आइसियु र भेन्टीलेटर सञ्चालनका लागि अर्थमन्त्रालयबाट तीन करोड स्विकृत

0
414

रत्ननगर ,जेठ १४ – बकुलहर रत्ननगर अस्पतालमा आइसियु र भेन्टीलेटर सञ्चालनका लागि अर्थमन्त्रालयबाट तीन करोड रुपैया स्विकृत भएको छ । चितवन क्षेत्र नं १ का साँसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र रत्ननगरका मेयर नारायण वनको विशेष पहलमा अर्थमन्त्रालयले बजेट स्विकृत गरेको हो ।

अर्थ मन्त्रालयले अस्पताललाई ५ वटा आइसियु र दुई थान भेन्टीलेटरका लागि तीन करोड रुपैया स्विकृत गरेको मेयर नारायण वनले जानकारी दिए । रत्ननगर नगरपालिका र अस्पतालले जेठ ३ गते र साँसद पाण्डेले जेठ ६ गते १० बेडको आइसियु सञ्चालनका लागि उपकरण र जनशक्ति उपलब्ध गराइदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेका थिए । स्वास्थ्य मन्त्रालयले गरेको लिखित आग्रहलाई स्विकृत गर्दै अर्थले सो बजेट विनियोजन गरेको हो ।

साँसद पाण्डेले कोरोना संक्रमित विरामीको उपचारका लागि बकुलहर रत्ननगर अस्पतालमा आइसीयु र भेल्टिलेटरको माग गरिएको बताए । १० बेडको आइसियु माग गरिएकोमा अस्पतालमा जनशक्तिको अभावका कारण पाँच वटा आइसियु र तीन वटा भेल्टिलेटरको लागि बजेट स्विकृत भएको पाण्डेले बताए । अब बकुलहर रत्ननगर अस्पतालको विकासको क्रम सुरु भयो उनले भने यसको उचाई चाडै शिखरमा पुग्ने छ ।

रत्ननगरका मेयर वनले अबको एक हप्ता भित्र अस्पतालमा आइसियु र भेल्टिलेटर सञ्चालनमा आउने बताए । हामीले पूर्वाधार तयार गरिसकेका छौं उनले भने उपकरण खरिद गरे लगतै सेवा सुरु हुने छ । रत्ननगर बकुलहर अस्पतालले पूर्वी चितवनका चार नगरपालिका रत्ननगर,खैरहनी,कालिका र राप्ती नगरपालिकाका करिव ६०० जनालाई दैनिक उपचार सेवा पुर्याइरहेको छ । सो अस्पतालमा पनि कोरोना संक्रमितको उपचार सुरु भइसकेको छ ।