सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

0
415

धनगढी, जेठ १४- सुदूरपश्चिमका नवनियुक्त चार मन्त्री र राज्यमन्त्रीले  पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रदेश प्रमुख गंगाप्रसाद यादवले नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनीयताको सपथ खुवाएका हुन् भने मुख्यमन्त्री त्रिलोचन भट्टले राज्यमन्त्रीलाई सपथ खुवाएका हुन्।

सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरणमा मानबहादुर धामी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सपथ लिएका हुन्।

त्यस्तै, राज्यमन्त्रीमा चुनकुमारी चौधरी, अर्चना गहतराज, मानबहादुर सुनार, मना साउदले सपथ ग्रहण गरेका हुन्।