वाईसियल नेपाल र अखिल क्रान्तिकारी चितवनको आयोजनामा शनिबार भरतपुरमा रक्तदान हुने

0
499

भरतपुर,जेठ १४- लकडाउनको समयमा रगत अभाव भएपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) निकट दुई युवा संगठनहरुले चितवनमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

वाईसियल नेपाल र अखिल क्रान्तिकारी चितवनको संयुक्त आयोजना भोलि शनिबार जेठ १५ गते युटेक कलेज अगाडी भरतपुर ११मा रक्तदान कार्यक्रम सञ्चालन गर्दै छ । यस्तै लकडाउनकै समयमा चितवनका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिने वाईसियल चितवनका अध्यक्ष मधु न्यौपानेले जानकारी दिनु भएको छ । आयोजकले सामाजिक दूरी र पर्याप्त स्वास्थ्य सुरक्षालाई ध्यान दिएर कार्यक्रम सञ्चालन गर्ने वताएका छन् ।