चितवन,जेठ १३-चितवनमा पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार २४ घण्टाभित्र भरतपुर महानगरपालिकामा ४३ जना, खैरहनीमा ५ जना, माडीमा ४ जना, रत्ननगरमा ४ जना, राप्ती नगरपालिकामा ६ जना र कालिकामा ३ जना गरि थप ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चितवनका विभिन्न अस्पतालहरुमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार विगत २४ घण्टामा भरतपुर अस्पतालमा ३, चितवन मेडिकल कलेजमा १, पुरानो मेडिकल कलेजमा ३ र क्यान्सर अस्पतालमा २ जना गरेर ९ जनाको मृत्यु भएको हो ।
चितवनका विभिन्न अस्पतालमा अहिले ४०६ जना कोरोना संक्रमित बिरामीहरुको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा २१०, भेन्टिलेटरमा ५४, एचडीयूमा ३९ जना र सामान्य बेडमा १४९ जनाको उपचार भइरहेको छ ।
त्यसैगरी विगत २४ घण्टामा ३० जना कोरोना संक्रमित विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये चितवनमा अहिले सम्म कोरोना संक्रमणको कारणले २१२ जनाको मृत्यु भएको छ भने संक्रिय संक्रमितको संख्या चार हजार ९२४ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: