चितवन,जेठ १३-
टिप्पर तोडफोड गरेको आरोपमा भरतपुर बाट दुई जना पक्राउ परेका छन । भरतपुर महानगरपालिका १६ ज्ञानेश्वरमा निर्माण सामाग्री ढुवानी गरिरहेका १५ वटा टिपरहरु अवरोध गरी क्षति पु¥याउने उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भरतपुर १६ का ३१ बर्षिय विनोद गुरुङ र भरतपुर १६ का २८ बर्षिय सशी कुंवर रहेका छन् । उनिहरुले हातमा ढुंगामुडा बोकी अत्यावश्यक दमकललाई समेत अवरोध सृजना गरको प्रहरीको आरोप छ ।
उनिहरुमाथि म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुधबार नारायणी नदीबाट जथाभावी उत्खनन् भएको र कोरोनाको माहामारीमा अनावश्यक भिडभाड गरेको भन्दै स्थानीय आन्दोलित भएका थिए । सो क्रममा उनिहरुले टायर बालेर प्रर्दशन समेत गरेका थिए ।
प्रकाशित मिति: