चितवन,बैशाख ३०-
चितवनमा निषेधाज्ञाको समय थपिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जेठ १३ गतेसम्म निषेधाज्ञा गर्न डिसिसिएम चितवनले सिफारिस गरेको आरुषी खवरलाई बताए ।
सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय चितवनबाट निर्णय गर्ने तयारी रहेको लामिछानेले जानकारी दिए । भोलि वैशाख ३१ गते पहिलो चरणको निषेधाज्ञा सकिदैँ छ । अवको निषेधाज्ञामा थप कडाइ हुने उनको भनाइ छ । पसलहरु हप्ताको केही दिन मात्र खोल्ने गरी निषेधाज्ञा जारी गर्न लागिएको छ ।
प्रकाशित मिति: