इजरायल रोजगारीमा पठाउने निर्देशिका जारी, यस्तो छ प्रक्रिया

0
737

काठमाडौं,बैशाख २६-  नेपालीहरूको आकर्षक गन्तव्य बनेको इजरायलमा रोजगारीमा पठाउने निर्देशिका जारी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘इजरायल नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिक २०७८’ जारी गरेको हो ।

सरकारले नेपाली युवाहरुको आकर्षक गन्तव्य बन्दै गएको इजरायलमा अस्थायी रोजगारीसम्बन्धि २०७७ साल असोज १४ गते सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

उक्त सम्झौताअनुसार केयर गिभर, कृषि, होटल र रेष्टुराँ, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउने जनाएको थियो । यद्यपि, प्रत्येक क्षेत्रका लागि ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया शुरु हुने जनाएको थियो ।

इजरायलले केयर गिभर, कृषि, होटल र रेष्टुराँ, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउने भनिएता पनि पहिलो चरणमा भने केयर गिभर मात्रै लैजाने तयारी गरेको छ ।

सोही अनुसार पहिलो चरणमा केयर गिभर कामदार लैजान इच्छुक इजरायलले २०७७ साल माघ ८ गते ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा हस्ताक्षर गरेका थिए । सरकारले इजरायल रोजगारीको कार्यविधि तथा निर्देशिका तयार भएपछि मात्रै भर्ना प्रक्रिया शुरु हुने जनाएको थियो । अहिले सरकारले निर्देशिका जारी गरेसँगै इजरायल जान इच्छुक कामदारको लागि बाटो खुलेको छ ।

कामदार छनौट तथा सम्झौता प्रक्रिया
इजरायलस्थित नेपाली राजदूतावासमा इजरायल सरकारबाट रोजगारीको माग प्राप्त भएपछि राजदूतावासले नेपाल सरकारले स्वीकृत गरेको ‘वैदेशिक सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५’ बमोजिम प्रमाणिकरण गरी रोजगारीको माग वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गराउनु पर्नेछ ।

प्रणालीमार्फत रोजगारीको माग प्राप्त भएपछि १४ दिनभित्र विभागले पीआईबीएसँग समन्वय गरी कार्यान्वयन सम्झौतमा आवश्यक विवरण खुलाउनुपर्नेछ ।

उक्त विवरण खुलाएपछि कम्तीमा २१ दिनको म्याद दिई विभागको वेबसाइट र राष्ट्रिय स्तरको पत्रिकामा सार्वजनिक सूचना प्रकाशन गर्नेछन् ।

जसमा इजरायलमा माग भएको रोजगारीको पद र संखया, कार्य विवरण तथा सेवा सुविधाको शर्त, आवश्यक योग्यता, दरखास्त दिने प्रक्रिया, छनौट प्रक्रियाकाृ समान्य जानकारी र पीआईबीए र विभागले निर्धारण गरको अन्य आवश्यक विवरण सुचनामा उल्लेख गर्ने जनाएको छ ।

यस्तो छ आवश्यक योग्यता
सरकारले जारी गरेको निर्देशिका अनुसार इच्छुक कामदारको विभिन्न योग्यता तोकेको छ । जसमा निर्देशिकाम बमोजिक रोजगारीको लागि दरखास्त पेश गर्ने उम्मेदवारको कार्यान्वयनमा सम्झौता तोकिएको योग्यताको अतिरिक्त योग्यता पूरा गरेको हुनुपर्नेछ ।

जसमा २५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको नेपाली नागरिक, कम्तीमा १.५ मिटर उचाइ तथा ४५ केजी तौल भएको र कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ । साथै अंग्रेजी भाषाको ज्ञान भएको, शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहेको र असल चरित्र भएको हुनुपर्नेछ ।

कस्ता व्यक्ति योग्य हुने छैनन् ?
सरकारले इच्छुक व्यक्तिलाई आवश्यक योग्यतासहित के–कस्ता व्यक्ति जानको लागि अयोग्य हुनेछ भन्ने स्पष्ट निर्देशिकामा उल्लेख गरेको छ । निर्देशिका अनुसार इजरायल जानको लागि अयोग्य हुने व्यक्तिहरुको हकमा विगतमा इजरायलमा गई काम गरेको उल्लेख छ ।

त्यस्तै, बाबु, आमाज, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास गरेको वा कार्यरत गरेको र लागूपदार्थ वा मादक पदार्थ दूव्र्यसनमा लागेको भएका इजरायल जानको लागि अयोग्य हुनेछ ।
त्यस्तै, सरकारले दरखास्त संकलनका लागि (१) दफा ३ को उपदफा (२) बमोजिक प्रकाशित सूचना बमोजिम इच्छुक योग्यता पुगेको उम्मेदवारले विभागले तोकेको अनलाइन प्रणालीमार्फत दखास्त दिन सक्नेछन् ।

जसमा (२) उपदफा (१) बमोजिक परेका दरखास्त तथा दरखास्त साथ प्राप्त कागजात छानबिन गरी बिभागले योग्य देखिएका उम्मेदवारको दरखास्त स्वीकृत गर्नेछ ।

साथै, (३( उपदफा (२) बमोजिक दरखास्त स्वीकृत भएको जानकारी सम्बन्धित उम्मेदावरलाई निजले दरखास्तमा उल्लेख गरेको मोबाइल नम्बरमा एसएसएसमार्फत् दिईनेछ । यसरी जानकारी दिँदा दरखास्त अस्वीकृत भएका उम्मेदवारको हकमा दरखास्त अस्वीकृत हुनुकोे कारण समेत खुलाउनुपर्नेछ ।

निर्देशिका अनुसार दरखास्त स्वीकृत भएका उम्मेदवारको सूची तयार गरी विभागले छनौट समिति समक्ष पेश गनुपर्ने जनाएको छ ।

यस्तो रहेको छ छनौट प्रक्रिया
मन्त्रालयले निर्देशिकामा छनौट प्रक्रिया स्पष्ट खुलाएको छ । जसमा स्वीकृत भई तोकेको बमोजिको सूचीमा रहेका उम्मेदवारको उचाई, तौल र अङ्ग्रेजी भाषा परीक्षणका लागि दरखास्त पेश गर्दा अनलाइन प्रणालीमार्फत बुझाएका सक्कल कागजातसहित उपस्थित हुन विभागले सम्बन्धित उम्मेदावरलाई मिति, समय र स्थान तोकेको बमोजिमको माध्यमबाट सूचना गर्ने निर्देशिकामा उल्लेख छ ।

यस्तै, सूचना उल्लेख मिति, समय र स्थानमा उपस्थित उम्मेदवारको उचाई र तौलको परीक्षण गरी सोको विवरण सम्बन्धित उम्मेदवारको अनलाइन प्रणालीमा प्रविष्ट गर्नेछ ।

इच्छुक कामदारको उचाई र तौल परीक्षण गर्दा तोकेको बमोजिम पूरा हुने उम्मेदवारलाई अङ्ग्रजी भाषा परीक्षणमा सहभागी गराइनेछ । र सो बमोजिमको उचाई वा तौल पूरा नहुने उम्मेदवारको नाम सूचीबाट हटाइनेछ ।

सरकारले तोकेको छनौट प्रक्रिया अनुसार अङ्ग्रेजस् भाषा परीक्षण गर्दा दफा ८ बमोजिमको सूची (रोष्टर) मा रहेका विज्ञ व्यक्तिको सहयोगमा परीक्षा गरिनेछ । साथै अङ्ग्रेजी भाषा परीक्षण गरी उम्मेदवारले प्राप्त गरेको अङ्क सम्बन्धित उम्मेदवारको अनलाइन प्रोफाइलमा सम्बन्धित विज्ञले आफैं प्रविष्ट गर्नेछ ।

त्यसपछि उम्मेदवारले प्राप्त गरेको प्राप्ताङ्कको आधारमा छनौट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागसंख्या भन्दा २५ प्रतिशत बढी उम्मेदवारको नामावली तयार गर्नेछ । अन्त्यमा सम्पूर्ण कार्य भइसकेपछि तयार गरिएको नामावली विभागले पीआईबीएलाई पठाई सोको विवरण विभागको वेबसाइटमा प्रकाशन गर्नेछ ।

अंग्रेजी भाषाको पाठ्यक्रम र परीक्षण विधि
सरकारले इजरायल रोजगारीको लागि अङ्ग्रेजी भाषा अनिवार्य गरेको छ । त्यसमा अङ्ग्रेजी भाषा परीक्षण गर्नका लागि छनोट समितिले पाठ्यक्रम, लिखित र मौखिक परीक्षाको अङ्कभार र परीक्षण विधि तयार गरी निर्देशन समिति समक्ष पेश गर्नेछ । पेश भएको पाठ्यक्रम, लिखित र मौखिक परीक्षाको अङ्कभार र परीक्षण विधि निर्देशक समितिलृ स्वीकृत गर्नेछ ।

इजरायल रोजगारीको लागि रोजगार सम्झौता पठाएको व्यक्ति रोजगारबीच हुने जनाएको छ ।

जसमा उत्तीर्ण भई पठाएको नामावलीबाट पीआईबीएले छनौट गरी पठाएको व्यक्ति र रोजगारदाताबीच रोजगार सम्झौता हुने उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्