शनिबार, १ जेष्ठ २०७८
Home कोरोना-प्रभाव चितवनमा निषेधाग्याको आज पाचौँ दिन ,अवस्था यस्तो देखियो(फोटो फिचर )

चितवनमा निषेधाग्याको आज पाचौँ दिन ,अवस्था यस्तो देखियो(फोटो फिचर )

0
66

चितवन, वैशाख २१–कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न चितवनमा वैशाख १६ गतेदेखि वैशाख ३१ गते सम्मालाई निषेधाज्ञा सुरु भएको छ । निषेधाज्ञाको पाचौँ दिन पूर्वीचितवनका चार नगरपालिका राप्ति, खैरहनी, रत्ननगर र कालिकाका  सडकमा चहलपहल निकै घटेको छ । सडक क्षेत्रका पसलहरू खुलेका छैनन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा अघिल्लो बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहीबार मध्यरातदेखि वैशाख ३१ गते मध्यरातसम्म कायम रहने गरेर बजार, यातायात र अन्य सेवा सम्बन्धमा आदेशहरु जारी गरेको हो ।

चोकचोकमा बसेर प्रहरी र ट्राफिक प्रहरीले परिचयपत्र जाँचमा कडाइ गरेका छन् । भित्रि सडकहरूमा सवारी चाप घटे पनि पुर्व-पश्चिम राजमार्गमा भए सवारीसाधनको चाप राम्रै देखिएको छ । राजधानी काठमाडौँ, पोखरा लगायत ठाउँमा सामान बोकेर जाने मालवाहक सवारीसाधनका कारण पनि सडकमा चाप देखिएको हो ।

निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाइएको छ भने अत्यावश्यकीय क्षेत्रका केही सवारीसाधन मात्र चल्न दिइएको छ । वैशाख मसान्तसम्म तोकिएको निषेधाज्ञा कडाइका साथ लागू गर्न चितवनभित्र र बाहिरबाट प्रवेश गर्ने नाका तथा गौंडामा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीलाई बाक्लो रूपमा तैनाथ गरिएको छ ।

अनुमतिवाहकले पनि सवारीमा देखिने गरी सेवा दिने क्षेत्र उल्लेख गरी परिचयपत्र भिरेर हिँड्नुपर्ने नियम बनाइएको छ । चितवन प्रवेश गर्ने पूर्वी नाका लोथर, भण्डारा बजार, पर्सा बजार, टांडी चोक लगायत नाका र मुख्य चोकमा ट्राफिक प्रहरी, जनपथ प्रहरी र ससस्त्र प्रहरीले कडा निगरानी गरिरहेका छन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here