माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्धविच्छेद

0
77

काठमाडौं,बैशाख २१-विवाह गरेको २७ वर्षपछि माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिन्डा गेट्सकाे सम्बन्धविच्छेद भएकाे छ।

यो जोडीले ट्वीटरमा एक ट्वीट गर्दै अब जोडीका रुपमा अघि बढ्न नसक्ने निर्णयमा पुगेको जनाएका छन् ।

बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अन्ततिर भएको थियो, जतिबेला मेलिन्डाले बिल गेट्सको कम्पनीमा माइक्रोसफ्ट कम्पनीमा काम सुरु गरेकी थिइन् ।यो अर्बपति जोडीका तीन सन्तान छन् । दुवै मिलेर बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन चलाउँदै आएका छन् ।

फोर्ब्सका अनुसार बिल गेट्स विश्वकै चौथो धनी हुन्, जसको हालको सम्पत्ति १२४ बिलियन डलर रहेको छ ।

-बीबीसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here