चितवनमा बस र स्कुटर ठोक्किदा एकै परिवारका तिनको मृत्यु

0
60

चितवन,चैत्र १४- चितवनको भरतपुर महानगरपालिका २२ पकौडीमा बस र स्कुटर ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने तिनै जना एक परिवारका हुन् ।

आज (शनिबार) साँझ ६:२० बजे भरतपुर-माडी-ठोरी चल्ने भित्री सडक खण्डको पकौडीमा जगतपुरबाट भरतपुरतर्फ आउदै गरेको ना ५ ख २१५० नम्बरको यात्रुबाहक बस र बिपरीत दिशाबाट जाँदै गरेको ना ४० प ७०८२ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाएको हो।

दुर्घटनामा परी स्कुटर चालक भरतपुर ६ गीतानगरका ४०/४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया बिनिशा अधिकारी र चालकको दाईको छोरी १७ वर्षीया दिविशा अधिकारीको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गम्भीर घाइते भएका तिनै जनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्‍यु भएको हो । ठक्कर दिने बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here