दैलेखमा मिनीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु

0
60

सुर्खेत, फागुन २७-कर्णाली राजमार्गको दैलेख सडकखण्डको आठविस नगरपालिका–१ टुईकुनामा मिनीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मिनीबस दुर्घटनामा मृत्यु हुनेमा कालिकोटको भर्ती गाविस वडा नम्बर–९ का अन्दाजी ३८ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका कमल विक रहेको प्रहरीले जानकारी दिएको छ ।

कालिकोटदेखि सुर्खेतका लागि छुटेको ०२००१ ख २४७ नम्बर बस दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुप श्रेष्ठले जानकारी दिए । १० जना मध्ये ७ जना घाइतेलाई एम्बुलेन्स मार्फत सुर्खेत पठाइएको डिएसपी श्रेष्ठले बताए ।

बस राजमार्गबाट करिब ५० मिटर तल खसेको छ । बसमा कालिकोटबाट १८ यात्री सवार रहको दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here