चितवन मेडिकल कलेजमा भेन्टिलेटरको संख्या ९८ पुग्यो

0
62

चितवन, फागुन २४-वार्षिक चार लाखभन्दा बढी बिरामीलाई सेवा दिंदै आएको चितवन मेडिकल कलेजमा भेन्टिलेटरको संख्या ९८ पुगेको छ ।६८ वटा भेन्टिलेटर सञ्चालन गर्दै आएको कलेजलाई रोटरी इन्टरनेसनलले ३० वटा भेन्टिलेटर सहयोग गरेको हो ।कलेजमा रहेकामध्ये नौ वटा बच्चाको उपचार (एनआइसियू)मा प्रयोग गरिएको थियो भने अन्य विभिन्न विभागमा जडान गरिएका थिए । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेका अनुसार करिब आठ करोड रुपैयाँ पर्ने ३० थान भ्यान्टिलेटर रोटरी क्लब अफ चितवनको सहकार्यमा रोटरी इन्टरनेसनलबाट प्राप्त भएको हो ।रोटरीबाट प्राप्त भएका भेन्टिलेटरमा उपचार गराउने बिरामीका लागि भेन्टिलेटर शुल्क २५ प्रतिशतदेखि शत प्रतिशतसम्म छूट हुने रोटरी क्लब अफ चितवनका पूर्वअध्यक्ष राजु पौडेलले बताए । उनका अनुसार भेन्टिलेटरमा उपचार गरेपछि बचेको रकम भेन्टिलेटरको सुधार स्तरोन्नति र अन्य समाजसेवामा खर्च गरिने छ । पौडेलले भने, “रोटीले दिएको भेन्टिलेटर नाफारहित हो ।”अस्पतालले चिकित्सक, स्वास्थ्यकर्मी, स्थान व्यवस्थापन लगायतमा हुने खर्चको भने शुल्क लिन पाउने उनले प्रष्ट्याए। उनले भने “चितवन मेडिकल कलेजले सहकार्य गरेर मानवीय सेवामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।” यससँगै भेन्टिलेटरको अभावमा बिरामी राजधानी काठमाडौँ पठाउनुपर्ने बाध्यता केही हदसम्म हट्ने पौडेलका भनाइ छ ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा न्यौपानेले एउटा भेन्टिलेटर आएपनि जडान र सञ्चालन गर्न रु।५० लाख हाराहारी खर्च हुने बताए । यस्तै क्रिटिकल कियरसम्बन्धी विज्ञ चिकित्सक र स्वास्थ्यकर्मी, वातानुकूलित कक्ष लगायत आवश्यक पर्ने भएकाले ठूलो संख्यामा भेन्टिलेटर व्यवस्थापन र सञ्चालन गर्न कठिन भए पनि कलेजले उचित व्यवस्थापन गरिरहेको उनको भनाइ छ ।नेपालमा नै यो संख्यामा भेन्टिलेर अन्य अस्पतालमा सम्भवत नरहेको दावी गर्दै उनले यससँगै चितवन र छिमेकी जिल्लाका बिरामी लाभान्वित हुने कान्तिपुर हेल्थलाई बताए ।गत आर्थिक वर्षमा अस्पततालको बहिरंग सेवामा चार लाख बिरामीले सेवा लिएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिए । जसमध्ये ३ लाख नयाँ बिरामी थिए भने एक लाख पुरानो फलोअपमा आउने रहेका थिए । यस्तै आकस्मिक ३६ हजार, भर्ना भएर उपचार लिने ३५ हजार, बिमाका ७५ हजार, जटिल शल्यक्रिया गराउनेको संख्या २ हजार, निःशुल्क प्रसुति गराउने ३ हजार ५०० रहेको देवकोटाले जानकारी दिए ।जटिल रोग भएर रु १ लाख सरकारी सहयोग पाउने ३७० जनाले सेवा लिएका छन् । निःशुल्क ८ हजारलाई डायलासिस, भरतपुर महानगरपालिकाका ३ हजार ५०० महिलालाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । ३२ हजार गरिब तथा विपन्नलाई छुट सुविधा दिएको उनले जानकारी दिए । छुटमा मात्रै रु ३ करोड ८५ लाख अस्पतालले खर्च गरेको देवकोटाले कान्तिपुर हेल्थलाई बताए ।अस्पतालमा आएका बिरामीमध्ये ६१ प्रतिशत चितवनका थिए भने अन्य धेरै बिरामी नवलपरासी, गोरखा, लम्जुङ, तनहुँ र मकवानपुरका आउने भए पनि देशको अधिकांश जिल्लाबाट यहाँ उपचार गराउने आउने गरेको छ । कतिपय रोगका बिरामीहरु काठमाण्डौंबाट समेत रिफरल भएर आउने गरेको देवकोटाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here