काठमाडौं,फागुन २०-सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।
‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन गरेका छौं ।’
भोली दिउँसो २ बजे विशेष समारोहबिच प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुनेछ । सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरि दुवै जनाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रकाशित मिति: