संसद पुनर्स्थापना गरेर चुनाव हुने :कांग्रेस नेता गगनकुमार थापा

0
28

चितवन, फागुन ३-  नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संसद पुनर्स्थापना गरेर चुनाव हुने बताएका छन् ।
आज चितवनमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले निर्वाचनका लागि नेपाली कांग्रेसले सम्पूर्ण रुपमा तयारी गर्नुपर्ने बताए ।

नेकपाका एउटा अध्यक्ष सत्तामा र अर्को सडकमा बसेर जनतालाई भिडाउने काम गरेको भन्दै उनले आक्रोस पोखे । पार्टीको आन्तरिक विवादलाई समाधन गर्न नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गराएर दुई तिहाई बहुमत ल्याउने कुरा पत्यान नसकिने उनको भनाइ छ ।

जनताले दिएको विश्वासमाथि कुठाराघात गरेको भन्दै नेता थापाले अब जनतालाई कांग्रेसले भरोसा दिलाउन सक्नुपर्ने बताए । थापाले प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टी भित्रको झगडाका कारण देश नै भड्खालोमा पुगेको टिप्पणी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here