पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट सात जनाको मृत्यु

0
37

काठमाडौं ,माघ २६– नेपालमा कोरोना भाइरस संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात जना संक्रमितको मृत्यु भएको हो ।योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ३३ जनाको पीसीआर परीक्षण गरिएकोमा नेपालमा एक सय ३० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २० लाख ९६ हजार सात सय ५० पुगेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा एक हजार सात सय ४४ जना सक्रिय संक्रमित छन्।पछिल्लो २४ घण्टामा एक सय ९४ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ६८ हजार दुई सय ६६ पुगेको मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोनाविरुद्धको खोप वितरणको दोस्रो चरण आजबाट शुरु भएको छ । पहिलो चरण यही माघ २४ गते सकाएपछि मन्त्रालयले आजदेखि दोस्रो चरणको खोप शुरु गरेको हो ।दोस्रो चरणको खोप पत्रकार, कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी तथा अग्रपङ्क्तिमा काम गर्ने सरकारी कर्मचारीलाई प्रदान गर्ने कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here