इच्छाकामना गाउँपालिकाका वडाध्यक्ष रानाको निधन

0
30

चितवन, माघ २१-

चितवनको इच्छाकामना  गाउँपालिका–४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधन भएको छ ।

भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा गए राति उनको निधन भएको हो ।  रानाको निधन भएसँगै इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले आज शोक सन्देश जारी गरेकी छन् ।

उनले शोक वक्तव्यमा विभिन्न सामाजिक संस्थामा आवद्ध रानाको निधनले गाउँपालिकालाई अपुरणीय क्षति भएको भन्दै बिहीबार गाउँपालिकाअन्तर्गतको सबै सेवा बन्द गरिने बताइन् ।

लामो समयदेखि कलेजो पीडित रहेका अध्यक्ष रानामगरको ३८ वर्षकोे उमेरमा निधन भएको गाउँपालिकाले जनाएको छ ।  उनको शवलाई आजै नेपाल ल्याउने तयारी भइरहेको जनाइएको छ । रानामगरको श्रीमती र एक छोरी रहेकी छन् । उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here