रत्ननगरमा प्रचण्ड -माधव (समूह) को मसाल जुलुस

0
266

चितवन,माघ २१-

विभिन्न संवैधानिक निकायमा प्रमुख र पदाधिकारी नियुक्तिको बिरोधमा नेकपा प्रचण्ड माधव समूहले भोलीको आमहडताल सफल पार्न भन्दै चितवनमा आज साँझ मसाल जुलुस निकालेको छ।चितवनको रत्ननगर स्थित बकुलहर बाट शुरु भएको मसाल जुलुस शान्ती चोक हुँदै टाँडी चोकमा आएर कोणसभामा परीणत भएको थियो । कोण सभामा बोल्दै बागमती प्रदेश सद्स्य तथा नेकपा चितवनको ईन्चार्ज समेत रहेका कृष्ण प्रसाद खनालले भोलिको नेपाल बन्द भव्य रुपमा सफल पार्न समेत सम्पूर्णमा अनुरोध गरेका थिए । मसाल जुलुसमा सहभागी युवाहरुले सरकार विरोधी चर्का नारा लगाएका थिए ।

यस्तै, नारायणगढ स्थित लायन्सचोकबाट शुरु भएको मसाल जुलुस पुल्चोक हुँदै शहिदचोकमा पुगेर कोणसभामा परिणत भयो ।

शहिदचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा प्रचण्ड माधव समूहका युवा नेता ईश्वर सापकोटा सुमनले भोलीको आमहडताल सफल पार्न सवैलाई आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here