उद्योग बाणिज्य संघ खैरहनीको मतदानमा अहिले सम्म ९१ प्रतिशत मत खस्यो

आजै मतगणना हुने

0
26

चितवन माघ १९-

उद्योग बाणिज्य संघ खैरहनीको नयाँ कार्यसमिति चयनका लागि भएको मतदानमा ९१ प्रतिशत मत खसेको छ । मतदानमा कुल मतादाताको ९१ प्रतिशत अथवा १३०४ मत खसेको प्रमुख निर्वाचन अधिकृत रामेश्वर बर्तौलाले बताए । कुल १४३० जना मतदाता रहेका थिए।

मतगणना आजै साढे ८ बजेबाट हुने प्रमुख निर्वाचन अधिकृत रामेश्वर बर्तौलाले जानकारी दिए । नयाँ कार्यसमिति चयनका लागि प्रगतिशील समुहबाट शेष कुमारी ओली र लोकतान्त्रिक समुहबाट दिपेन श्रेष्ठको नेतृत्वमा प्यानल चुनाबी मैदानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here