रत्ननगरमा डिजिटल माधवपुर अभियान शुरु,पहिलो चरणको कार्यक्रममा २२ जनालाई प्रविधि सम्बन्धी प्रशिक्षण

0
220

रत्ननगर,पौष ४- 

चितवनको रत्ननगर नगरपालिका वडा नं १५ का युवाहरुलाई डिजिटल प्रविधि सम्बन्धी प्रशिक्षण दिइएको छ । डिजिटल माधवपुर अभियान अन्तर्गत ग्रामिण क्षेत्रका युवा युवतीहरुलाई सुचना प्रविधिको प्रयोग तथा प्रशिक्षक उत्पादन गर्ने साथै प्रविधिमैत्री समाजको निर्माण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।आरुषी मिडिया एण्ड ईन्टरटेन्मेन्ट प्रा लि र् सिसिडिएस नामक संस्थाको प्राविधिक सहयोगमा वडा कार्यालयले आयोजना गरेको पहिलो चरणको कार्यक्रममा २२ जना युवाहरुलाई ग्राफिक डिजाइन,डाटा कलेक्सन,आधारभूत कोष तथा साइबर सुरक्षाका विषयमा प्रशिक्षण दिइएको अभियानका संयोजक सन्तोष बस्ताकोटीले जानकारी दिए । समापन कार्यक्रममा प्रदेश सभा सांसद कृष्ण प्रसाद खनाल र रत्ननगरका मेयर नारायण वनले सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।सो अबसरमा प्रदेश सांसद खनालले कोरोनाका कारण सुरु गरिएको अनलाइन कक्षा सफल हुन नसकेको बताए । अनलाइन कक्षामा ३० प्रतिशत विद्यार्थीको मात्र पहुँच भएको पाइयो उनले भने ७० प्रतिशत विद्यार्थीहरु बाहिर रहेको प्रविधि युक्त शिक्षालाई सफल मान्न सकिएन । मेयर नारायण वनले सुचना र प्रविधि बेच्न सक्ने मान्छे विश्वमै धनी बन्ने बताए । अब बल बेचेर सम्पती कमाइदैन उनले भने प्रविधि बेचेर त्यसैको व्यापार गर्नुपर्छ ।वडाध्यक्ष हुमनाथ लामिछानेले वडा कार्यालयले सञ्चालन गर्ने काममा प्रविधिको प्रयोग गरिरहेको भन्दै वडाबासी युवायुवतीलाई सुचना प्रविधिको क्षेत्रमा अब्बल बनाउन कार्यक्रम आयोजना गरिएको बताए । डेढ महिना सञ्चालन गरिएको सो कार्यक्रममा साइबर सुरक्षा विज्ञ डा.रामहरि सुवेदी,आइटी विज्ञ रवि तिवारी,अभियानका संयोजक बस्ताकोटी,प्रशिक्षकहरु यनिष पाण्डे,अनन्त मिश्रले प्रशिक्षण दिएका थिए ।कार्यक्रममा समाजमा उल्लेख्य योगदान पुर्याएको भन्दै संचारकर्मी तथा शिक्षक सन्तोष बस्ताकोटी र आईटी प्रोफेसर रवी तिवारीलाई सम्मान गरिएको थियो ।साथै प्रमुख अतिथी ,विशिष्ट अतिथी ,अतिथि तथा प्रशिक्षक्लाई मायाको चिनो प्रदान गरिएको थियो । वडाध्यक्ष लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य लीलादेबी पोखरेलले स्वागत मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here